केरखा स्टारलाई उपाधि

भद्रपुर (खेलदैनिक) । केरखा स्टार क्लवले झापा जिल्ला प्रथम एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

झापाको भद्रपुरस्थित मेची रंगशालामा बुधवार भएको फाइनल खेलमा काकडभिट्टालाई स्तब्ध पार्दै केरखाले उपाधी चुमेको हो ।

उपाधीका दावेदार मानिएका काकडभिट्टालाई शुन्यको विरुद्ध एक गोलले पराजित गर्दै केरखाले उपाधि जित्न सफल भएको थियो ।

उपाधिसहित केरखाले नगद एक लाख १ हजार हात पारेको छ । त्यस्तै उपविजेता बनेको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले नगद ५१ हजारमा चित्त बुझाएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...