रुपन्देहीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

बलका लागि भिड्दै रुपन्देही (हरियो) र एपिएफ (सेतो) का खेलाडी ।

झापा (खेलदैनिक) । सशस्त्र प्रहरीको एपीएफ क्लब प्रथम टुबोर्ग दुधे गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा रुपन्देही–११ लाई १ का विरुद्ध २ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

एपीएफको जितमा दुवै गोल युवराज खड्काले गरे । उता पराजित रुपन्देहीका लागि जुनिदले एक मात्र सान्त्वना गोल फर्काए । एपीएफको जितमा निर्णायक भूमिका खेलेका युवराज खड्का नै खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत आइतबारको पहिलो सेमिफाइनल खेल मोरङ र चर्च ब्वायज युनाइटेडबीच हुने आयोजकले जनाएको छ ।

दुधे युवा क्लब, दुधे, झापाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...