फ्रिडम फाइटरलाई चावहिल कप

चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबल उपाधि विजेता फ्रिडम फाइटर टोली ट्रफीसाथ ।

काठमाडौं । फ्रिडम फाइटरले प्रथम चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगिताको उपाधि सोमबार जित्न सफल भएको छ ।

चावहिलको गणेशस्थानमा भएको फाइनलमा फ्रिडमले सिन्धु एफसीलाई ३–० गोलअन्तरले पराजित गर्यो । विजयी टिमका लागि पंकज लामा, सन्तोष तामाङ र राजिव गुरुङले १–१ गोल योगदान गरे । उपाधिसंगै फ्रिडमले १ लाख रुपैयाँ नगद पुरस्कार पायो भने सिन्धुले ५० हजार नगदमा चित्त बुझायो ।

चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा सुशान्त लामा डिफेन्स तथा अनिश श्रेष्ठ गोलरक्षकमा उत्कृष्ट चुनिए । उत्कृष्टद्वय उपाधि विजेता फ्रिडमका हुन् । डि एकेडेमीले अनुशासित टिमको उपाधि हात पार्यो ।

चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबलका उत्कृष्ट गोलरक्षक अनिश श्रेष्ठ (बायाँ) र उत्कृष्ट डिफेडर सुशान्त लामा ट्रफीसाथ ।

विजेतालाई गंगाहिटी टोल सुधार समितिका अध्यक्ष रामेश्वर केसी, तरुण दल ७ नं. इकाईका अध्यक्ष मिलन जोशी, आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साउन १९ गतेदेखि सुरु प्रतियोगितामा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...