सगरमाथा युथ पाथीभरा गोल्डकपको फाइनलमा

म्यान अफ दि म्याचको पुरस्कार ग्रहण गरेपछि सगरमाथा युथ क्लबका अशोक खवास (दाँया) ।

काठमाडौं (खेलदैनिक) । सगरमाया युथ क्लब ताप्लेजुङमा जारी दोस्रो पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबास भएको दोस्रो सेमिफाइनल अन्तरगत सगरमाथाले एपीएफ, दमकलाई २–१ ले पराजित गर्दै फाइनल स्थान पक्का गरेको हो ।

फुङलिङ, ताप्लेजुङस्थित भानु जन मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफले अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न पुग्यो । खेलको ३५ औं मिनटमा नविन लामाको गोलबाट अग्रता लिएको एपिएफले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो ।

दोस्रो हाफ अन्तरगत ६० औं मिनटमा सगरमाथाका लागि भुवन बस्नेतले बराबरी गोल फर्काए भने पहिलो गोल गरेको २ मिनट लगतै सगरमाथाका लागि बिनोद केसीले दोस्रो तथा निर्णायक गोल गरे ।

खेलमा सगरमाथा युथ क्लबका अशोक खवास म्यान अफ दि म्याच घोषित भए । खवासले मेडलसहित नगद रु. ३ हजार हात पारे ।

अब उपाधिका लागि सगरमाथाले सोमबार चर्च ब्वाईज युनाइटेडको सामना गर्नेछ । लाखे जात्रा आयोजक कमिटीद्वारा आयोजित प्रतियोगिताको विजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ य ११ रुपैया हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...