नवयुगको गोलमा नेपालको बराबरी

(तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा उत्कृष्ट बराबरी खेलेको छ ।

आइतबार ग्रीन सकाई कम्प्लेक्समा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले चर्चित जे लिग क्लब गाम्बा ओसाकाको यु–२३ टोलीलाई १–१ गोलको बराबरीमा रोकेको हो ।

खेलको २४ औं मिनटमै गोल गर्दै अग्रता लिएको गाम्बा ओसाकाले त्यसलाई धेरैबेर जोगाउन सकेन । पहिलो हाफकै ३४ औं मिनटमा नेपालका लागि स्टार फरवार्ड नवयुग श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । नवयुगले बिमल घर्ती मगरको सुन्दर क्रस पासमा गोल गर्दै नेपालको सम्भावित हारलाई टारेका थिए ।

गाम्बा ओसाकाविरुद्ध सुधारिएको प्रदर्शन गरेको नेपालका लागि नवयुग श्रेष्ठ र बिमल घर्ती मगरले पाएका केही सुन्दर अवसरलाई सदुपयोग गर्न सकेनन् ।

आठ दिने जापान भ्रमणमा रहेको नेपाली टोलीले अब आफ्दो दोस्रो खेल आउँदो बुधबार क्वान्सी गाक्वीन युनिभर्सिटीविरुद्ध खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...