नेपाल र गाम्बा ओसाका आज भिड्दै

काठमाठौं (खेलदैनिक) । आठ दिने जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज चर्चित जे लिग क्लब गाम्बा ओसाकाको यु–२३ टोलीसँग भिड्दैछ ।

एएफसी एसियन कप छनौटको तयारीमा रहेको नेपालले आठ दिने जापान भ्रमणमा क्रममा विभिन्न विश्वविद्यालय र स्थानीय क्लबहरुसँग पाँच मैत्रीपूर्ण अभ्यास खेल पनि खेल्नेछ ।

नेपालले आज गाम्बा ओसाकासँग नेपाली समय अनुसार ३ बजेर ४५ मिनटमा भिड्ने छ ।

जापान जानु अघि नै नेपाली टोलीका प्रशिक्षक ग्योतुकु कोजीले जापान भ्रमणले नेपाली टोलीको भविष्य र नेपाली फुटबलको स्तरीयता निर्धारण र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताईसकेका छन् ।

एएफसी एसियन कप छनौट अन्तरगत नेपालले यहि सेप्टेम्बर ५ तारीखमा ताजिकिस्तानसँग सशस्त्र प्रहरीको हल्चोक मैदानमा खेल्दैछ ।

छनौट चरण अन्तरगत नेपाल, ताजिकिस्तान, फिलिपिन्स र यमनसँगै समूह एफ मा रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...