लुम्बिनी सेमिफाइनलमा

लुम्बिनी कलेज प्रथम चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

चावहिलको गणेशथानमा भएको अन्तिम क्वाटरफाइनलमा लुम्बिनीले रामहिटी ‘ए’ लाई ३–१ गोलले पराजित गर्‍यो । विजयी टिमका लागि ओम थापाले २ तथा कर्फयु रसाइलीले १ गोल गरे । रामहिटीका मुस्कान लामाले सान्त्वना गोल गरे ।

उक्त खेलसंगै सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा लुम्बिनीको भेट सिन्धु एफसीसंग हुनेछ भने फ्रिडम फाइटरले गरु गणेशको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...