फिफा वरियतामा नेपालको सुधार

(तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले जारी गरेको नयाँ वरियतामा नेपालले आफ्नो वरियता सुधार गरेको छ ।

फिफाले अगस्त महिनाका लागि जारी गरेको वरियतामा नेपालले १ स्थान सुधार गर्दै १६९ औं स्थानमा उक्लिएको छ । दक्षिण एसियामा नेपाल पाँचौ स्थानमा छ ।

दक्षिण एसियातर्फ शिर्ष स्थानमा रहेको भारत एक स्थान तल झर्दै ९७ औं स्थानमा छ भने १४२ औं स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छ ।

त्यसैगरी १५६ औं स्थानमा रहेको अफगानिस्तान एक स्थान तल झर्दै तेस्रो स्थानमा छ भने १६५ औं स्थानमा रहेको भूटान एक स्थान तल झर्दै चौथो स्थानमा छ ।

त्यस्तै १८९ औं स्थानमा रहेको बंगलादेश एक स्थान सुधार गर्दै छैठौं स्थानमा छ ।

त्यस्तै क्रमशः १९७ औं र २०० औं स्थानमा रहेको श्रीलंका र बंगलादेश सातौं र आठौं स्थानमा छन् ।

त्यसैगरी विश्व वरियताको २४ औं स्थानमा रहँदै इरान भने एसियातर्फ शिर्ष स्थानमा छ ।

अगस्त महिनाका लागि विश्व वरियताको शिर्ष स्थानमा ब्राजील रहेको छ । त्यस्तै जर्मनी र अर्जेन्टिना क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...