आदर्श उच्च मावि वराहक्षेत्र , चतरा फाइनल पुग्न सफल

मर्निङ स्टार इङलिस स्कुल चक्रघट्टी, सुनसरीको आयोजनार्थमा मिति २०७४ साउन २२ गतेदेखि ३० गतेसम्म ” जारी डनबस्को अन्तर विद्यालय छात्र-छात्रा फुटबल प्रतियोगिता – २०७४ ” मा महेन्द्र माविलाई १ को विरुद्ध २ गोलले पराजित गर्दै आदर्श उच्च मावि वराहक्षेत्र , चतरा फाइनल पुग्न सफल भएको छ ।

पहिलो हाफमा १ – १ को बराबरी खेलेको आदर्शले दोस्रो हाफको ५ मिनेट मै आदर्श उच्च मावी तथा यु – १४ की खेलाडी पवित्रा राईले कडा प्रहार गर्दै गोललाई जाली चुमाई टिमलाई अग्रता दिलाएका थिए । अन्ततः पवित्रा राईको उक्त गोल नै निर्णायक गोल हुन पुग्यो । खेल सुचारू भएको ५ मिनेटमा नै फ्रीकिकबाट महेन्द्र माविले अग्रता लिएको भएता पनि आदर्शले खेल जित्ने आत्मविश्वासका साथ खेलेको थियो ।

महेन्द्र मावि तित्रीगाच्छी महेन्द्रनगरले पहिलो हाफको ५ मिनेटमै अग्रता लिएको थियो भने पहिलो हाफको अन्तिम मिनेटमा आदर्शका टिम क्याप्टेन मनिषा विष्टले सुन्दर गोल गरि खेल बराबरीमा ल्याएका थिए ।

महेन्द्र माविले पहिलो खेलमा कोशी मावि बाघझोडा, महेन्द्रनगरलाई ट्राइब्रेकरमा पराजित गरि सेमिफाइनल प्रवेश गरेको थियो भने आदर्श वाई पाएर स्वत सेमिफाइनलमा थियोे । उक्त प्रतियोगितामा छात्रा तर्फ ६ विद्यालयका छात्रा टिमले सहभागी जनाएको थियो ।

आदर्श उच्च माविले मिति २०७४ साउन ३० गते बसन्त ऋतु मावि देविघाट महेन्द्रनगरसंग फाइनल खेल्नेछ ।

उक्त प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेकी आदर्शकि टिम क्याप्टेन मनिषा विष्ट प्लेयर अफ दि घोषित भएकी छिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...