दोश्रो पाथीभरा गोल्डकपः सशस्त्र प्रहरी बल एपिएफ दमक विजयी

देवराज गुरुङ,ताप्लेजुङ

ताप्लेजुङमा जारी दोश्रो पाथीभरा गोल्डकप पूरुष फुटबल प्रतियोगीता अन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बल एपिएफ दमक विजयी भएको छ ।

एपिएफले डिफेन्डिङ च्याम्यिनन गोर्खा स्र्पोटिङ क्लब दमकलाई पराजित गरेको हो । ट्राइब्रेकरमा एपिएफले ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफका लागि सुशिल राई,बुद्धिमान राई,उज्वल चाम्लिङ र नवि चौधरीले गोल गरे । पराजित टिमका तर्फबाट नाइजेरियन खेलाडी पिटर सेगुन,विष्णु सुनुवार र भुषण सुब्बाले गोल गरे ।

निर्धारित समय १÷गोलको बरावरीमा सकिएपछि ट्राइब्रेकरमार्फत खेलको निर्णय भएको हो । खेलको २६औं मिनेटमा बर्तमान राईको गोलमा गोर्खाले अग्रता लिएको थियो । तर २९औं मिनेटमा एपिएफका लागि धन बहादुर श्रेष्ठले गोल गरि खेल बरावरी गरे ।

प्रतियोगीताअन्तर्गत भोली राष्ट्रिय जागृती क्लब इटहरी विरुद्ध चर्च ब्वाइज क्लब काठमाडौ भिड्ने भएका छन् । खेल दिउँसो २ बजे भानु जन माविको खेल मैदानमा हुनेछ ।

प्रतियोगीतामा १० टिमको सहभागीता छ । साउन २२ गतेदेखि सुरु भएको प्रतियोगीता साउन ३० गते फाइनल हुनेछ । आजको विजेताले साउन २७ गते हुने फिदिम स्र्पोटिङ क्लब,पाँचथर र सगरमाथा यूवा क्लब विराटचोकसँगको विजेतासँग खेल्नेछ ।

विजेताले २ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । लाखेजात्रा पर्वको अवसरमा २०२९ सालदेखि प्रतियोगीता सुरु हुन थालेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...