गुरु गणेश क्वाटरफाइनलमा

गुरु गणेश प्रथम चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चावहिल स्पोर्ट्स हाउसको आयोजनामा भइरहेको प्रतियोगितामा गुरु गणेशले एक्सेल एफसीलाई ५–० गोलअन्तरले पराजित गर्‍यो । विजेताका निल मगर र तेज गुरुङले २–२ तथा सुमन लामाले १ गोल गरे ।

दक्षिण ढोका पनि क्लब मोसेसलाई टाइब्रेकरमा ३–२ ले हराउदै क्वाटरफाइनलमा पुग्न सफल भयो । साइपाल एकेडेमीले नेचर एफसीलाई ३–२ ले नै पाखा लगाउदै प्रिक्वाटरफाइनलमा पुग्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...