आयोजक नमुनालाई उपाधि

आयोजक नमुना युवा क्लबले गाइजात्राको उपलक्ष्यमा आयोजित १४ औ दिनेस स्मृती मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा नमुनाले मंगलबार गोदावरीमा भएको फाइनलमा खेलमा डीपो एफसीलाई टाइब्रेकरमा ५–४ले हरायो । उपाधि विजेताले १५ हजार रुपैया पुरस्कार पायो । उपविजेता टोलीले ७ हजार ५ सय रुपैया पुरस्कार पायो ।

प्रतियोगितामा विजेता टोलीका रिपु भुलन उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक नमुनाकै विवेक सिलवाल घोषित भए । दुवै खेलाडीले एत्स कम्पनीबाट उपहार पाए ।

विजेता तथा उप विजेता टोलीलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल, बिशष अतिथी एत्स कम्पनीका कार्यकारी अधीकृत उजेस जंग शाही, गोदावरी नगरपालीका वडानम्बर तीनका अध्यक्ष बालमुकुन्द घिमिरे र आयोजक क्लबका अध्यक्ष डम्बर बहादुर स्यांगतान लगायतले पुरस्कार प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...