ज्ञानोदय र काष्ठमण्डप क्वाटरफाइनलमा

ज्ञानोदय र काष्ठमण्डप ‘बी’ केभीकेएसएस अन्तरविद्यालय सिक्स ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) द्वारा आयोजित प्रतियोगितामा ज्ञानोदय समूह ‘सी’ को विजेता तथा काष्ठमण्डप सोही समूहको उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेका हुन् ।

त्यस्तै समूह ‘ए’ बाट त्रिनेत्र विद्या निकेतन र ओलम्पिया वल्र्ड स्कुल, समूह ‘बी’ बाट सत्यसाइ बाबा स्कुल र द एक्सेल्सियर स्कुल तथा समूह ‘डि’ बाट रिम्स र रातो बंगला ‘बी’ क्रमशः विजेता र उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भए । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...