सिन्धु प्रिक्वाटरफाइनलमा

सिन्धु एफसी प्रथम चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सिन्धुले फास्ट टु फास्टलाई ३–१ गोलले पराजित ग¥यो । सिन्धुका आलोक तामाङले ह्याट्रिक गरे । फास्ट टु फास्टबाट किशन यादवले सान्त्वना गोल गरे ।

चावहिल स्पोर्ट्स हाउसको आयोजनामा भइरहेको प्रतियोगितामा फ्रिडम फाइटर, दक्षिण ढोका र कान्जिरोवा पनि प्रिक्वाटरफाइनलमा पुगे ।

फ्रिडमले चुच्चेपाटी एफसीलाई ५–१ गोलले हरायो । फ्रिडमका लागि नवीन लामाले २ गोल गरे भने पंकज लामा, श्याम नेपाली र सन्तोष तामाङले १–१ गोल थपे । चुच्चेपाटीका सुबोध श्रेष्ठले १ गोल फर्काए । दक्षिण ढोकाले रामहिटी ‘बी’ लाई ३–१ गोलले पाखा लगायो । विजेताका विकास राईले २ तथा सोनम शेर्पाले १ गोल गरे । रामहिटी ‘बी’ का बुद्ध तामाङले १ गोल गरे । कान्जिरोवाले राई एफसीलाई सडन डेथमा पन्छायो ।


प्रतिक्रिया दिनुहोस

Loading...