दोश्रो पाथीभरा गोल्डकपमा एपीएफ दमकको जित

म्यान अफ दि म्याचको पुरस्कार ग्रहण गर्दै एपीएफ दमकका बुद्धिमान राई । (तस्विर गोलनेपाल डटकम)

ताप्लेजुङ (खेलदैनिक) । ताप्लेजुङमा जारी दोश्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगीता अन्तरगत सोमबार एपीएफ दमक, विजयी भएको छ ।

एपीएफले कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्यो । यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा एफिएफ दमकका तर्फबाट सुशिल राई, बुद्धिमान राई र नविन चौधरीले गोल गरे । उता ताप्लेजुङका लागि सुबोध शाहीले मात्र गोल गरे । यसअघि नियमित समयको खेलमा ताप्लेजुङका लागि मन्जित एङदेन लिम्बुले २० औं मिनटमा गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

तर दोश्रो हाफको छैटौ मिनेटमा एपिएफ दमकका लागि बुद्धिमान राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

सोमबारको खेलमा एपीएफलाई जित दिलाउन निर्णायक भूमिका खेलेका राई म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगीताअन्तर्गत मंगलबार नव प्रयास यूवा क्लब ताप्लेजुङ र पथरी स्र्पोटिङ क्लब मोरङबिच खेल हुनेछ ।

प्रतियोगीतामा कुल १० टोलीहरुको सहभागीता रहेको छ । विजेतालाई २ लाख ११ हजार १ सय रुपैया र कप प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने छ । लाखेजात्रा खेल संञ्चालन समितिको आयोजनमा २०२९ सालदेखि निरन्तर प्रतियोगीता हुँदै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...