पाल्पामा जनतालाई कोकाकोला कपको उपाधि

(तस्विर गोलनेपाल डटकम)

तानसेन (खेलदैनिक) । पाल्पामा सम्पन्न अन्तरविद्यालय कोकाकोला कप फुटबल प्रतियोगिताको उपाधि जनता मा.वि. ले जितेको छ ।

उपाधि जित्ने क्रममा जनताले न्यू होराईजनलाई पेनाल्टी शुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्यो ।

यसअघि दुवै टोलीले निर्धारित समयको खेल १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिनु परेको थियो । जसमा जनताले निर्णय आफ्नो पक्षमा पार्न सफल भयो ।

पाल्पा जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेता टोलीले अब क्षेत्रीय छनौट प्रतियोगितामा सहभागिता जनाउनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...