दोस्रो पाथीभरा गोल्डकप शुरु, नवप्रयासको विजयी शुरुवात

(तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । आइतबारदेखि शुरु भएको दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा नवप्रयास क्लब, ताप्लेजुङले विजयी शुरुवात गरेको छ ।

विजयी शुरुवात गर्ने क्रममा नवप्रयासले रेड हर्स, इलामलाई शून्यकाविरुद्ध ३ गोलले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरी खेले तापनि दोस्रो हाफमा नवप्रयासले ३ गोल गर्न सफल भएको थियो । विजयी टोलीका लागि मुकेश लिम्बु, क्रिस राई र सुनिल नल्बोले १–१ गोल गरे ।

प्रतियोगिता अन्तरगत सोमबार कर्ण सिंह सोनम एफसी, ताप्लेजुङले एपीएफ दमकको सामना गर्नेछ ।

लाखे जात्रा आयोजक कमिटीद्वारा आयोजित प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद २ लाख ११ हजार १ सय ११ रुपैया हात पार्नेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...