दाङमा पुलिस स्कुललाई कोकाकोला कपको उपाधि

(तस्विर गोलनेपाल डटकम)

तुल्सीपुर (खेलदैनिक) । दाङमा सम्पन्न कोकाकोला कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि पुलिस स्कुलले जितेको छ ।

कडा प्रतिस्पर्धाकाबीच फाइनलमा पुलिस स्कुलले पद्यमोदय स्कुललाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो ।

त्यसैगरी छात्रातर्फको उपाधि पनि पुलिस स्कुलले जितेको छ । छात्रातर्फ फाइनलमा पुलिसले नारायणपुर मा.वि. लाई शून्यकाविरुद्ध २ गोलले पराजित गर्दै उपाधि उचाल्न सफल भयो ।

दाङ जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलेका छात्रतर्फका दुई टोली तथा छात्रातर्फका एक विजेता टोलीले अब क्षेत्रीय छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...