महेन्द्र मेमोरियललाई कोकाकोला कपको उपाधि

(तस्विर गोलनेपाल डटकम)

इटहरी (खेलदैनिक) । सुनसरीमा सम्पन्न कोकाकोला कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि महेन्द्र मेमोरियलले जितेको छ ।

प्रतिस्पर्धात्मक फाइनलमा महेन्द्रले इटहरी मोडल एकेडेमीलाई शून्यकाविरुद्ध १ गोलले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

फाइनलमा प्रवेश गरेका दुवै टोली महेन्द्र र इटहरीले क्षेत्रीय छनौट प्रतियोगितामा सहभागिता जनाउने छन् ।

सुनसरी जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका कुल ५६ विद्यालयहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...