लुम्बिनी प्रिक्वाटरफाइनलमा

लुम्बिनी प्रथम चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले तीनचुली युथ क्लबलाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्‍यो । निर्धारित ४० मिनेटको खेल ४–४ को बराबरीमा सकिएको थियो ।

चावहिल स्पोर्ट्स हाउसद्वारा आयोजित प्रतियोगितामा एक्सेल एफसी, नारायणटार र क्लब मोसेस पनि आ–आफ्नो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भए ।

एक्सेलले गंगाहिटीलाई ४–१ गोलले हरायो । विजयी टिमका लागि सरोज दाहालले ह्याट्रिक गरे भने थप एक गोल शंकर गुरुङको नाममा रह्यो । नारायणटारले सानोगौचरण एकेडेमीलाई २–१ ले पाखा लागायो । नारायणटारका अनिल तामाङ र खेल मगरले गोल गरे । सानोगौचरणका आदिल हामिदले सान्त्वना गोल गरे ।

ढुंगेअड्डा युनेस्को क्लब विरुद्धको खेलमा मोसेस २–१ ले विजयी भयो । मोसेसका सुरज घिमिरे र अर्विन्द पौडेलले गोल गरे । ढुंगेअड्डाका सुनील बस्नेतले एक गोल फर्काए ।


प्रतिक्रिया दिनुहोस

Loading...