दोश्रो पाथीभरा पुरुष गोल्डकप प्रतियोगीताको तयारी पुरा

देवराज गुरुङ,ताप्लेजुङ

साउन २१ गते । ताप्लेजुङमा भोलीदेखि सुरु हुने दोश्रो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगीताको तयारी पुरा भएको छ । सदरमुकामस्थित भानु जन माविको मैदानमा संञ्चालन हुने प्रतियोगीताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगीतमा १० टिमले प्रतिस्पर्धा गर्ने लाखेजात्रा खेल संञ्चालन समिति अध्यक्ष यूगराज गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगीतामा जिल्लाका २ टिमसहित रेडहर्स क्लब इलाम,पथरी स्र्पोटिङ क्लब पथरी,चर्च व्वाइज क्लब काठमाडौ,राष्ट्रिय जागृती क्लब इटहरी,सशस्त्र प्रहरी टिम दमक,गोर्खा स्र्पोटिङ क्लब दमक,सगरमाथा यूवा क्लब विराटचोक तथा फिदिम स्र्पोटिङ क्लब पाँचथरले सहभागीता जनाएका छन् । उद्घाटन खेलमा भोली नव प्रयास यूवा क्लब,ताप्लेजुङ र रेड हर्स क्लब,इलामबिच हुने भएको छ । खेल दिउँसो २ बजे हुने खेल तालिकामा उल्लेख गरिएको छ ।

विगतवर्षझै यसवर्ष पनि विभिन्न क्लबाट राष्ट्रिय स्तरका तथा पूर्व राष्ट्रिय खेलाडी आउने भएका छन् । पूर्वाञ्चलमा अध्यधिक दर्शक हुने प्रतियोगीताले परिचित पाथीभरा गोल्डकप अवलोकनका लागि प्रदेश नं. १ का पाँचथर,इलाम,झापा,सुनसरी र मोरङ,तेह्रथुमबाट बढि दर्शक आउने गरेका छन् ।

प्रतियोगीतामा विजेतालाई ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ११ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगीता भोली लाखे नाच र जातिय पोसाकमा सजिएका जातजातिका जातिय नृत्य प्रस्तुत गरिने जिल्ला फुटबल सँघ अध्यक्ष मोती पतङवाले बताउनुभयो ।

प्रतियोगीतासंञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...