होराईजन र जनता उपाधिका लागि भिड्ने

(तस्विर गोलनेपाल डटकम)

पाल्पा (खेलदैनिक) । पाल्पामा जारी कोकाकोला कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा न्यू होराईजन स्कुल र जनता मा.वि. उपाधिका लागि भिड्ने भएका छन् ।

जिल्ला फुटबल संघ पाल्पाको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा होराइजनले दमकडा माध्यमिक विद्यालयलाई शून्यकाविरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्न सफल भयो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा जनताले सेन्ट क्यापेटिनोलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले पराजित गर्दै होराइजनसँगको फाइनल भिडन्त पक्का गर्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...