जेभियरको विजयी शुरुवात

जेभियर इन्टरनेसनल कलेजले प्रथम चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा शुक्रबार विजयी शुरुवात गरेको छ ।

चावहिल स्पोर्ट्स हाउसद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जेभियरले डि एकेडेमीलाई सडन डेथमा पराजित गर्‍यो ।

त्यस्तै सेतो बंगला, रामहिटी र इलाइट स्पोर्ट्सले पनि जितका साथ यात्रा प्रारम्भ गरे । सेता बंगलाले हातखोला एफसीलाई १–० गोलले हरायो । नवीन मगरले निर्णायक गोल गरे । रामहिटीले पाथिभरामाथि १–० को कठिन जित दर्ता गर्‍यो । विजयी टिमकालागि अभय राणाले गोल गरे ।

गोर्खाज टिम विरुद्धको खेलमा इलाइट ४–२ गोलले विजयी भयो । विजेताका सुशान्त श्रेष्ठले ह्याट्रिक गरे भने दीपेश श्रेष्ठले १ गोल थपे । गोर्खाजका हरि कायश्थ र अजित भण्डारीले १–१ गोल फर्काए ।

दसदिनसम्म चल्ने नकआउट प्रतियोगितामा ३२ टिम सहभागी छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही ५ हजार नगद पुरस्कार दिइनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...