बेलबारी फुटवल क्लव विजयी

गाेपाल काफ्ले

माेरङकाे पथरीशनिश्चरेमा बिहिबार भएकाे फाईनल खेलमा बेलबारी फुटवल क्लव बेलबारी विजयी भएकाे छ ।

खेलमा निरज बस्नेतले निर्णनायक गाेल गरेका थिए । पथरी स्पाेटिङ क्लवकाे खेल मैदानमा भएकाे खेलमा डि एफ सि लक्ष्मिमार्गलाई हराउदै बेलबारी विजयी भएकाे हाे । दाेस्राे हाफकाे २९ अाै मिनेटमा बेलबारीका लागिका भूषण लिम्बुकाे फ्रिकिकलाई सदुपयाेग गर्दै निरज बस्नेलले गाेल गर्दै विजेता बनेकाे छ ।

विजेता बेलबारीले ट्रफि सहित नगद २० हजार र उप विजेता डि एफ सि भाउनेले नगद १० हजार बाडेर लगेका थिए । विजेता तथा उपविजेता दुबैलाई माेरङ फुटवल संघका अध्यक्ष र पथरी स्पाेटिङ क्लवका अध्यक्ष धनकुमार तामाङले पुरस्कार बितरण गर्नु भयाे ।

फाईनल खेलमा पथरी स्पाेटिङ क्लवकाे मातहतमा रहने गरि बिदेशमा रहेका दुई युवा अजय सेन र मनिश सम्बाहाम्फेले स्थापना गरेकाे १ लाखकाे अक्षयकाेष अन्तरगतकाे पुरस्कार बितरण गरेकाे छ । खेल जगतमा कलम चलाएका पत्रकार चुमन बस्नेत र सामाजिक क्षेत्रमा कलम चलाएका पत्रकार लाेक बहादुर चाैहानलाई जनहि १०/१० हजारकाे दरले सम्मान गरिएकाे थियाे ।

त्यस्तै पथरी स्पाेटिङ क्लवकाे अनुसासन पालना नगरेकाे र ताप्लेजुङ गाेल्ड कपकाे समयमा नियम बिपरित अन्य क्लवबाट खेल खेल्न गएकाेले कार्वाहि गरेकाे छ । कार्वाहि हुनेमा मीन धिमाल , मन्दिप धिमाल, युकेस तामाङ, सुबास तामाङ, कालुमान लिम्बू (चन्द्र) लाई पथरी स्पाेटीङ क्लवकाे अनुसासन समितीले कार्वाही गरेकाे जानकारी दिएकाे छ । उनिहरुले क्लवकाे प्रतिनिधित्व गर्ने गरि ६ महिना कुनै पनि खेल खेल्न नपाउने समितीले जानकारी दिएकाे छ ।


प्रतिक्रिया दिनुहोस

Loading...