प्रथम ई–प्लानेट जेसीज कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने

काठमाडौं (खेलदैनिक) । नारायणगढ जेसीजको आयोजनामा प्रथम इ–प्लानेट जेसीज कप २०७४ फुटबल प्रतियोगिता हुनेभएको छ । प्रतियोगिता आउँदो भाद्र १० गतेदेखि १९ गतेसम्म क्याम्पा चौरमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक अमृत श्रेष्ठले जानकारी दिए । जसमध्ये सात राष्ट्रिय ए डिभिजन टिमहरुको सहभागिता रहने समेत श्रेष्ठले बताए ।

प्रतियोगितामा सात ए डिभिजन टोली नेपाल आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब र एनआरटी सहित सहारा क्लब, बिरगंज युथ एकेडेमी तथा चितवन–११ को सहभागिता रहने संयोजक श्रेष्ठले जानकारी दिए ।

संयोजक श्रेष्ठका अनुसार युवा पुस्तालाई लक्षित गरेर नै नारायणगढ जेसीजले फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।

आफूहरु खेलकुदको वातावरण बनाउन र त्यसलाई नयाँ उचाईमा पुराउन लागिपरेको श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगिताबाट उठेको नाफा रकमले कुरिनटारमा रहेको जेसीज गाउँका भूकम्पपिडितलाई उनीहरुको जीवनस्तर उकास्न थप सहयोग गर्ने बताए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...