जापान जाने नेपाली राष्ट्रिय फुटबलको टिमको घोषणा

(तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जापान भ्रमणमा जाने नेपाली फुटबल टिमको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टिम यहि आउँदो साउन २७ गते (अगस्त ११ तारीख) का दिन जापानतर्फ प्रस्थान गर्दैछ ।

दश दिने भ्रमणमा जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीले चर्चित जे लिग क्लबदेखि लिएर स्थानीय क्लब र विश्वविद्यालयका फुटबल टोलीहरुसँग पाँच मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।

उक्त भ्रमणलाईे एएफसी एसियन कप छनौट चरण अन्तरगत ताजिकिस्तानविरुद्धको खेलको तयारीका रुपमा समेत हेरिएको छ । एएफसी एसियन कप छनौट अन्तरगत समूह एफ मा रहेको नेपालले नेपालले आउँदो सेप्टेम्बर ५ तारीखका दिन ताजिकिस्तानसँग काठमाडौंमा भिड्दैछ ।

जापान जाने नेपाली टोली यसप्रकार रहेको छ:

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डर: बिराज महर्जन, अनन्त तामाङ, बिमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, दिनेश राजवंशी, मान बहादुर तामाङ

मिडफिल्डर: बिक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, अन्जन बिष्ट, हेमन्त थापा मगर, सुनिल बल

फरवार्ड: अनिल गुरुङ, भरत खवास, बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, सुमन लामा

मुख्य प्रशिक्षक: ग्योतोकु कोजी

प्रशिक्षक : राजुकाजी शाक्य, उज्ज्वल डंगोल महर्जन

टिम म्यानेजर : बिराज जंग शाही


प्रतिक्रिया दिनुहोस

Loading...