दोस्रो पाथीभरा गोल्डकप साउन २२ देखि

काठमाडौं (खेलदैनिक) । लाखेजात्रा आयोजक कमिटी, ताप्लेजुङको आयोजनामा दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यहि आउँदो साउन २२ गतेदेखि शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार १ सय ११ रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया हात पार्नेछ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु भानुजन मा.वि. को खेलमैदानमा हुने समेत आयोजकले जनाएको छ ।

उदघाट्नमा खेलमा नवप्रयास युवा क्लब ताप्लेजुङ र रेड हर्स क्लब, इलामले प्रतिस्पर्धा गर्नेछन् । कुल १० टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल साउन ३० गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...