अण्डर फोर्टिन फुटबल प्रतियोगीताको उपाधि लेकसाईड एफसि लार्इ

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ हेमजामा सम्पन्न अण्डर फोर्टिन फुटबल प्रतियोगीताको उपाधि गुडविल एफसि लेकसाईड ले जितेको छ ।

ट्राईबेकरमा गुडविल एफसिले क्याम्रीज ब्वाईजलाई ४—३ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि ट्राईबेकरबाट खेलको अन्तिम निर्णय लिईएको थियो । ट्राईबेकरमा गुडविल एफसिले क्याम्रीज ब्वाईजलाई ४—३ गोल अन्तरले पराजित गरेको हो ।

एकेडेमीका संयोजक सुविन श्रेष्ठका अनुसार प्रतियोगीताको विजेता गुडविललाई नगद रु.१२ हजार, द्धितिय भएको क्याम्रीजलाई नगद रु.८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । साथै प्रतियोगीताको सर्वउत्कृष्ट खेलाडी गुडविल एफसिका जिवन तामाङ्,

उत्कृष्ट किपर गुडविल एफसिका अन्जन शाही, उत्कृष्ट डिफेन्डर लाहाचोक एफसिका आनन्द केसि, उत्कृष्ट मिडफिल्डर नहरचोक एफसका रविन पुन र उत्कृष्ट फरवार्ड क्याम्रीज एफसिका शंकर थापाललाई पनि आकर्षक पुरस्कार प्रदान गरिएको छ ।उक्त प्रतियोगीतामा ३२ समुहले सहभागीता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...