स्मृति र सिद्धार्थलाई सफलता

बुटवल । बुटवलमा जारी कोकाकोला कप अन्तर विद्यालय फूटवल प्रतियोगितमा आइतबार स्मृति इ.बो. स्कुल र सिद्धार्थ इ.बो. स्कुलले जित हात पारेका छन् ।

एन्फा टेक्निकल सेन्टर, देवीनगर बुटवलमा भएको खेलहरुमा स्मृतिले त्रिभुवन चिल्ड्रेन्स एकेडेमीलाई शून्यकाविरुद्ध २ गोलले पराजित गरेको छ भने सिद्धार्थले मुनाल इ.बो. स्कुलविरुद्ध ६–० गोलअन्तरको फराकिलो जित हात पारेको छ ।
शनिबार खेलतालिका अनुसार नै चार खेल खेलाइने भनिए तापनि अत्यायधिक वर्षाका कारण दुई खेल स्थगित गरिएको थियो ।

प्रतियोगिता अन्तरगत आइतबार नखेलाइएका बाँकी खेलहरु तथा अन्य खेलहरु खेलतालिका अनुसार नै सोमबार र मंगलबार गरी लगातार दुई दिन पाँच–पाँच खेल खेलाईने प्रतियोगिताकाक खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले प्रतियोगितामा छात्रतर्फ ५२ तथा छात्रातर्फ ४ टोली गरि कुल ५६ टोलीहरुले सहभागिता जनाउने बताउनुभयो । प्रतियोगिताका सबै खेलहरु बुटवल, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने समेत संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रतर्फको विजेताले उपाधिसहित नगद ३० हजार तथा उपविजेताले नगद २० हजार हात पार्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले ५–५ हजार प्राप्त गर्नेछन् । त्यस्तै छात्रातर्फ विजेताले उपाधि सहित नगद १० हजार तथा उपविजेताले नगद ५ हजार पुरस्कार पाउने छन ।

प्रतियोगितामा छात्रतर्फका विजेता र उपविजेता दुवै टिम तथा छात्रातर्फको विजेता टिमले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाइनल खेल आउँदो साउन २३ गते हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...