अष्ट्रेलियामा जगजितको टोलीको प्रभावशाली जित

(तस्विर नुनावाडिङ सिटी एफसीको फेसबुकबाट)

काठमाडौं (खेलदैनिक) । अष्ट्रेलियामा व्यवसायीक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबलर जगजित श्रेष्ठको टोली नुनावाडिङ सिटी एफसीले शानदार जित हात पारेको छ ।

जारी नेशनल प्रिमियर लिग २ विक्टोरियामा जगजितको टोली नुनावाडिङ सिटी एफसीले मेलबर्न सिटी एफसीविरुद्ध ४–१ को शानदार जित हात पारेको हो ।

पहिलो हाफ १–१ गोलको बराबरी खेले तापनि दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै नुनावाडिङले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

नुनावाडिङको जितमा मिच कुपरले ह्याट्रिक गरे । त्यस्तै डेभोनले थप एक गोल गर्दै नुनावाडिङलाई शानदार जित दिलाए ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...