होराईजन जि.वि.एस.र जनभावनाको शानदार जित

बुटवल (खेलदैनिक) । प्रतिष्ठित कोकाकोला कप अन्तर विद्यालय फूटवल प्रतियोगिता अन्तरगत शनिबार होराईजन जि.वि.एस, जनभावना मा.वि., फ्यूचरलाईट इ.बो. स्कुल र दुर्गा मा.वि.ले जित हात पारेका छन् ।

एन्फा टेक्निकल सेन्टर, देवीनगर बुटवलमा भएका खेलहरुमा होराईजनले मोडर्न लिटिल फ्लावर एकेडेमीविरुद्ध ५्–१ को शानदार जित पारेको छ । त्यस्तै जनभावना मा.वि.ले पनि कान्ती मा.वि.विरुद्ध ५–० को फराकिलो अन्तरले पराजित गरेको छ भने दुर्गा मा.वि.ले जितेश्वरी मा.वि. सेतोलाई शून्यकाविरुद्ध ४ गोलले पराजित गरेको छ ।

त्यसैगरी शनिबार नै हुने भनिएको फ्यूचरलाईट इ.बो. स्कुल र एपेक्स स्कुल बी बीचको खेलमा एपेक्स स्कुल उपस्थित नभएपछि फ्युचरलाईटलाई विजेता घोषित गरिएको थियो ।

प्रतियोगिता अन्तरगत आइतबार सिद्धार्थ इ.बो. स्कुल ए ले मुनाल इ.बो. स्कुलको सामना गर्नेछ भने त्रिभुवन चिल्डे«न एकेडेमीले स्मृति बोर्डिङ स्कुलसँग भिड्नेछ । त्यसैगरी आइतबार नै जनज्योति मा.वि.ले स्मृति बोर्डिङ स्कुल सेतो को सामना गर्दा बुटवल मा.वि.ले शिवपुर मा.वि.सँग भिड्ने खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले प्रतियोगितामा छात्रतर्फ ५२ तथा छात्रातर्फ ४ टोली गरि कुल ५६ टोलीहरुले सहभागिता जनाउने बताउनुभयो । प्रतियोगिताका सबै खेलहरु बुटवल, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने समेत संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रतर्फको विजेताले उपाधिसहित नगद ३० हजार तथा उपविजेताले नगद २० हजार हात पार्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले ५–५ हजार प्राप्त गर्नेछन् । त्यस्तै छात्रातर्फ विजेताले उपाधि सहित नगद १० हजार तथा उपविजेताले नगद ५ हजार पुरस्कार पाउने छन ।

प्रतियोगितामा छात्रतर्फका विजेता र उपविजेता दुवै टिम तथा छात्रातर्फको विजेता टिमले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाइनल खेल आउँदो साउन २३ गते हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...