सहारा क्लबको ऐकेडेमी भवनमा तला थप्ने काम शुरु

पोखरा (खेलदैनिक) । नेपाली फुटबलमा आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाएको सहारा क्लब पोखराले एकेडेमी भवनमा नयाँ तला थप्ने कार्य शुरु गरेको छ ।

पोखरास्थित दोबिलामा आफ्नै स्पोर्ट्स कम्प्लेक्स रहेको सहाराले एकेडेमी भवनलाई थप विस्तार र परिस्कृत गर्न माथि तला थप्ने कार्य शुरु गरेको हो ।

सहाराले थप्न लागेको एकेडेमीको माथिल्लो तला निर्माणका लागि खेलकुद मन्त्रालयको पनि विशेष समर्थन र सहयोग रहेको छ ।

हाल क्लबद्वारा सञ्चालित एकेडेमीमा कुल २८ प्रशिक्षार्थीहरु रहेका छन् । त्यस्तै एकेडेमीको प्रशिक्षकमा राजेन्द्र तामाङ छन् । तामाङ एएफसी ए लाईसेन्स प्राप्त प्रशिक्षक हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...