नेपालले जापानमा पाँच मैत्रीपूर्ण खेल खेल्ने

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीले जापानमा दश दिने भ्रमणका क्रममा पाँच मैत्रीपूर्ण फुटबल खेलहरु खेल्ने भएको छ ।

नेपालले त्यहाँ विभिन्न स्थानीय तथा विश्वविद्यालयका टोलीहरुसँग मैत्रीपूर्ण फुटबल खेल्नेछ । नेपाली टोलीले यहि साउन २७ गतेदेखि भाद्र ४ गतेसम्म (अगस्त ११ देखि २० तारीखसम्म) जापानमा बिताउने छ ।

नेपालले आफ्नो पहिलो खेल अगस्त १२ तारीखका दिन चर्चित जे लिग क्लब गाम्बा ओसाको यु–२३ टोलीसँग खेल्नेछ भने दोस्रो खेल अगस्त १६ तारीखका दिन क्वानसेई गाकुन युनिभर्सिटीसँग खेल्नेछ ।

त्यस्तै अगस्त १७ तारीखमा एमिटिज स्पोर्टस् क्लबसँग खेल्नेछ भने हेनान युनिभर्सिटीसँग १८ तारीखमा खेल्नेछ । त्यस्तै अन्तिम खेल अगस्त १९ तारीखमा विसेल कोबे यु–१८ सँग खेल्नेछ ।

यस भ्रमणका लागि जापानी दुतावासले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक सहयोग समेत गरेको छ भने यसका लागि नेपाली फुटबल टोलीका राष्ट्रिय प्रशिक्षक ग्योतुको कोजी र टेक्निकल डाईरेक्टर सियाकी ताकेडाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...