आन्तरिक कारण जनाउँदै एन्फाको कार्यसमिति बैठक स्थगित

काठमाडौं (खेलदैनिक) । अखिल नपाल फुटबल संघ (एन्फा) ले आज गर्ने भनेको कार्यसमिति बैठक तत्कालका लागि स्थगित गरेको छ ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठका अनुसार प्रर्याप्त आन्तरिक तयारी गर्न नसकिएपछि आज हुने बैठक स्थगित गरिएको हो ।

एन्फाका कार्यकारी प्रमुख इन्द्रमान तुलाधरले भने “अध्यक्ष श्रेष्ठले आन्तरिक तयारीको अभावमा आजको बैठक स्थगित गर्न भन्नुभएको छ ।”

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको बैठकमा चर्चित थ्रीस्टार क्लबलाई दिने भनिएको क्षतिपूर्ति रकम र राष्ट्रिय लिगबारे कार्यकारी समितिका पदाधिकारीहरु बीच चर्को मतभेद र विवाद चुलिएको थियो ।

बैठकमा एन्फाका धेरै पदाधिकारीहरुले महासचिव धिरेन्द्र प्रधानविरुद्ध कारवाही गर्नुपर्ने आवाज समेत उठाएका थिए ।
त्यस्तै केही पदाधिकारीहरु थ्रीस्टारलाई दिने भनिएको क्षतिपूर्ति वापतको रकमको विपक्षमा थिए भने केहीले उक्त क्षतिपूर्ति दिने कुरामा सकरात्मक देखिएका थए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...