एन्फा कोकाकोला फुटबलको उपाधि सुन्दरीदेवी माविलाई

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भएको एन्फा कोकाकोला विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि थाहा नगर ७ आग्राको सुन्दरीदेवी माविले जितेको छ ।

बुधबार भएको फाइनल भिडन्तमा हेटौंडाको श्रमिक माविलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा सुन्दरदेवीले अग्रता लिएको थियो । सुन्दरीदेवीका लागि हर्दिप गुरुङ र वीके राईले एक÷एक गोल गरेका हुन् भने श्रमिक माविको तर्फबाट एक मात्र गोल राम गुरुङले गरेका हुन् । अन्तिम मिनेटमा श्रमिकले खेललाई बराबरीमा ल्याउने मौका गुमाएको थियो ।

विजयी भएको सुन्दरीदेवी माविले केही समयपछि चपुरमा हुने दोस्रो चरणको छनौट खेलमा मकवानपुरको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउनेछ ।

प्रतियोगिताको बेष्ट प्लेयर सुन्दरीदेवीका दीपक गोले घोषित हुँदा फाइनल खेलको म्यान अफ दी म्याच सुन्दरीदेवीकै हर्दिप गुरुङ भए ।

प्रतियोगिताको विजेता तथा उपविजेता विद्यालयलाई मकवानपुरका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) वसन्तकुमार लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनालगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका हुन् । प्रमुख अतिथि प्रहरी उपरीक्षक लामाले खेलकुदको माध्यमबाट समाजमा लागूऔषध दुव्र्यसबाट टाढा राख्न मद्दत पु¥याउने बताए ।

यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सघाउ पु¥याउने भन्दै उनले खेलकुद क्षेत्रलाई सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको धारणा राखे । गत साउन ३ गतेबाट सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस

Loading...