स्मृति, नवप्रभात, पल र जनज्योतिको जित

बुटवल (खेलदैनिक) । बुटवलमा जारी कोकाकोला कप अन्तर विद्यालय फूटवल प्रतियोगिता मंगलबार भएका खेलहरुमा स्मृति इ.बो. स्कुल (सेतो), नवप्रभात ई.बो. स्कल, पल ई.बो. स्कुल र जनज्योति मा.वि.ले जित हात पारेका छन् ।

स्मृतिले सिद्धि चिल्डे«न्स एकेडेमीलाई शून्यकाविरुद्ध २ गोलले पराजित गर्न सफल भयो । स्मृतिको जितमा रोशन थापा एक्लैले खेलको १२ र ३८ औं मिनटमा गोल गर्दै टोलीलाई जित दिलाए ।

त्यस्तै नवप्रभातले ग्लोरी इ.बो. स्कुललाई टाईब्रेकरमा ३–० ले पराजित गरेको छ भने पलले बुटवल इलिट इ.बो. स्कुललाई शून्यकाविरुद्ध २ गोलले पराजित गर्यो ।

त्यसैगरी अर्को खेलमा जनज्योति मा.वि.ले मोतिपुर मा.वि.लाई शून्यकाविरुद्ध ३ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत बुधबार नयाँगाउँ मा.वि.ले शान्ति नमूना मा.वि.सँग भिड्नेछ भने कुँवरवर्ती इ.बो. स्कुलले बुटवल पब्लिक स्कुलको सामना गर्नेछ । त्यस्तै नेपाल एभरग्रीन इ.बो. स्कुलले ज्ञानपुञ्ज बो. स्कुलको सामना गर्दा मानवज्ञान मा.वि.ले जितेश्वरी मा.वि.सँग भिड्ने खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले प्रतियोगितामा छात्रतर्फ ५२ तथा छात्रातर्फ ४ टोली गरि कुल ५६ टोलीहरुले सहभागिता जनाउने बताउनुभयो । प्रतियोगिताका सबै खेलहरु बुटवल, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने समेत संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रतर्फको विजेताले उपाधिसहित नगद ३० हजार तथा उपविजेताले नगद २० हजार हात पार्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले ५–५ हजार प्राप्त गर्नेछन् । त्यस्तै छात्रातर्फ विजेताले उपाधि सहित नगद १० हजार तथा उपविजेताले नगद ५ हजार पुरस्कार पाउने छन ।

प्रतियोगितामा छात्रतर्फका विजेता र उपविजेता दुवै टिम तथा छात्रातर्फको विजेता टिमले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाइनल खेल आउँदो साउन २३ गते हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...