मैत्रीपूर्ण फुटबल खेलमा काकरभिट्टा फुटबल टेनिङ्ग सेन्टर विजयी

कृष्ण सिन्जाली , काकरभिट्टा,खेलदैनिक

एकाडेमीमा रहेर प्रशिक्षण लिदै आएका फुटबल खेलाडीको स्तर बृद्धि तथा व्यवसायीक खेलाडी उत्पादन गर्ने मुख्य उद्धेश्यले शनिबार काकरभिट्टाको खेलमैदानमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा काकरभिट्टा फुटबल टेनिङ्ग सेन्टर विजयी भएको छ ।

काकरभिट्टा फुटबल टेनिङ्ग सेन्टरले चन्द्रगढी फुटबल एकाडेमीलाई २ – ३ गोलको अन्तरले पराजित गरेको थियो ।खेलको पहिलो हाफमा काकरभिट्टा फुटबल टेनिङ्ग सेन्टरका खमिर गिल्सन कन्दङ्गवाले २ गोल गर्दै अग्रता लिएको थियो ।

खेलको दोश्रो हाफमा चन्द्रगढी फुटबल एकाडेमीका अभिषेक चौलागाई र रेजिन सुब्बाले एक ÷एक गोल गर्दै बराबरी गरेको केहि मिनेट भित्र काकरभिट्टाका मिलन राईले गोल गर्दै आफ्नो टिमलाई विजयी यात्राको बाटो देखाएको थियो । खेलको म्यान अफ दि म्याच विजेता टिमका खमिर गिल्सन धोषित भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...