
(तस्विर : एजेन्सी)
काठमाडौं (खेलदैनिक) । नेपालका चर्चित राष्ट्रिय फुटबलर रोहित चन्द दोस्रो पटक इण्डोनियशन लिगा वानको टिम अफ दि विकमा परेका छन् ।
इण्डोनेशियन क्लब पर्सिजा जकार्ताबाट व्यवसायीक फुटबल खेलिरहेका चन्द गत साता पनि इण्डोनेशियन लिग अन्तरगत साताको उत्कृष्ट खेलाडी हुँदै टिम अफ दि विकमा परेका थिए ।
हप्ता भरि लिगा वानमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा उनीहरुलाई टिम अफ दि विकमा छनौट गरिने गरिन्छ ।
हालै लिगा वान अन्तरगत बोर्नियो विरुद्ध निर्णायक गोल गरेका चन्द हाल इण्डोनेशियन लिगमा उत्कृष्ट लयमा रहेका छन् ।
रोहितको क्लबले भर्खरै मात्र स्पेनको चर्चित क्लब इस्पान्योलसँग मैत्रीपूर्ण फुटबल समेत खेलेको थियो । खेलमा रोहित वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका थिए ।
गोल इण्डानेशियाले यस साताको टिम अफ दि विकको टिम फर्मेशन पनि जारी गरेको छ । जुन यसप्रकार रहेको छ ।