छनौट चरण अन्तरगत धेरै अनुभव बटुलेको प्रशिक्षक शाक्यको भनाई

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । युएईमा सम्पन्न एएफसी यु–२३ च्याम्पियनसिपमा नेपाली टोलीले धेरै अनुभव बटुलेको प्रशिक्षक शाक्यले बताएका छन् ।

छनौट चरण अन्तरगत आयोजक युएई, उज्बेकिस्तान र लेबनानसँगै समूह डी मा रहेको नेपाल सबै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

पहिलो खेलमा आयोजक यूएईसँग ५–० ले पराजित भएको नेपालले उज्बेकिस्तान र लेबनानसँग समान २–० ले हार बेहोरेको थियो ।

“हामी पराजित भए तापनि हामीले यस छनौट प्रतियोगिताबाट धेरै अनुभव हासिल गरेका छौं । हामीले अन्तिम खेलमा लेबनानविरुद्ध राम्रो खेल्यौं । यो कठिन खेल थियो । यसले हामीलाई आगामी खेलहरुमा राम्रो गर्न सहयोग पुग्नेछ ।” प्रशिक्षक शाक्यको भनाईलाई उद्दत गर्दै एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो वेबसाईटमा लेखेको छ ।

नेपाली यु–२३ टोली बिहीबार नै स्वदेश फर्किसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...