पुरानो टुडिखेलमा तीन उमेर समुहमा फुटबल ट्रैनिङ

पोखरा ५ साउन ।पोखरा लेखनाथ महानगरपालिका बगर १, पुरानो टुडिखेलमा तीन उमेर समुहमा फुटबल ट्रैनिङ भैरहेको छ । ईन्द्रेणी क्लब बुद्धटोलको समन्वयमा इन्द्रेणी एक्याडेमीले उक्त ट्रैनिङ सञ्चालन गरेको हो ।

करिब २०० जना प्रशिक्षार्थीबाट छनोट गरी तीन उमेर समुहका जम्मा ६० जना टे्निङ  गर्दै आएका छन् । उक्त टे्निङमा तीन उमेर समूह मध्ये अन्डर १० का २० जना, अन्डर १२ का २० जना र अन्डर १४ का २० जना गरी जम्मा ६० जना प्रशिक्षार्थी रहेको इन्द्रेणी एकेडेमीका प्रमुख प्रशिक्षक बिष्णु गुरुङले बताए ।

बगर आसपासका कस्केरी, सिमपानी, के आई सिं पुल, भिमकालीपाटन, बिन्दबासिनी, मिरुवा, नँया गल्ली लगायतका प्रशिक्षार्थीहरु बिहान ७ बजे बाट टे«निङ गर्दै आएका छन् । गरुङले भने बिहानको समयमा टे«निङ दिदा स्वस्थ्य रहनुुको साथै अनुशासनको विकासमा टेवा पुग्ने र ध्यान केन्द्रीकृत गर्न सक्ने क्षमतामा अभिवृद्धि हुने कुरामा बिश्वस्त छु ।

पोखरा फुटबल सिटिको रुपमा परिचित भैरहदा समय सापेक्ष तथा गुस्तरीय एक्याडेमीको आवश्यक रहेको बताउदै इन्द्रेणी एक्याडेमी सञ्चालनमा ल्याएको र भावी दिनमा फुटबल जगतमा आफ्नो एक्याडेमीले राम्रो टेवा दिने इन्द्रेणी एक्याडेमीका प्रमुख हिटलर घलेले बताए ।

उनले भने हामी फुटबल कसरी खेल्ने भन्ने मात्र सिकाउदैनौ स्वस्थ्य शरीर सँगको दैनिकी कसरी जिउने भन्ने पनि सिकाउछौ । साथै जुन सुकै विधाको टे«निङ किन नहोस जसको फलस्वरुप दैनिकीमा परिवर्तन ल्याउन सक्नुपर्छ भन्दै आफ्नो प्रशिक्षार्थीहरु खेल जगतबाट अनुशासन जस्ता अतिआवश्यक कुरा सिकेर व्यबहारमा लागु गर्न सक्ने बताए ।

निर्देशन गुरुङ संभावना बोकेका एक प्रशिक्षार्थी हुन उनले भने फुटबल खेल्न त म पहिलेबाट नै खेल्थे तर रंग न ढंगले खेलिदोरहेछ जब टे«निङ गरे कैयौं कुराहरुमा परिबर्तन पाए । स्कुलमा हामी किताब मात्र पढ्छौ तर टे«निङमा व्याबहारिक ज्ञान पनि सिक्न पाएको उनले बताए ।

टे«निङमा प्रमुख प्रशिक्षक बिष्णु गुरुङ र सहायक प्रशिक्षकको रुपमा दिप कार्की, अन्जन देबकोटा र जनक गुरुङ रहेका छन । प्रमुख प्रशिक्षक गुरुङ फुटसल लेभल १ तथा एएफसि बि र सि लाईसेन्स प्राप्त हुन ।

प्रतिक्रिया दिनुहोस

Loading...