लेबनानविरुद्ध भिड्ने नेपाली टोलीको घोषणा, सन्जोग राईलाई मौका

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत आज लेबनानविरुद्ध भिड्ने नेपाली यु–२३ टोलीको घोषणा भएको छ ।

अल एन स्थित तहनुन बिन मोहम्मद स्टेडियममा हुने समूह चरणको अन्तिम खेलका लागि नेपाली टोलीको घोषणा गरिएको हो । टोलीमा सन्जोग राईले पहिलो पल्ट मौका पाएका छन् । आजको खेलमा अन्जन बिष्टले नखेल्ने भएपछि राईलाई अवसर दिइएको नेपाली टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य बताए ।

नेपाल आज ४–४–२ को रणनीतिमा भिड्ने समेत प्रशिक्षक शाक्यले बताएका छन् ।

खेल नेपाली समय अनुसार आज राती ११ बजे हुनेछ । छनौट चरण अन्तरगत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसहित समूह डी मा छ ।

आज नै युएई र उज्बेकिस्तान पनि भिड्दैछन् । यी दुई टोलीको नतिजाले नै समूह डी को विजेताको निर्णय गर्नेछ । प्रतियोगिताबाट बाहिरिसकेका नेपाल र लेबनानबीचको आजको खेल भने प्रतिष्ठाको भिडन्त पनि हुनेछ ।

लेबनानविरुद्ध भिड्ने नेपाली टोली यसप्रकार छ

गोलकिपर : एलन न्यौपाने

डिफेन्डर : अनन्त तामाङ (उपकप्तान), दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ

मिडफिल्डर : हेमन गुरुङ, सुमन लामा, विश्वास श्रेष्ठ, सुनिल बल

फरवार्ड: बिमल घर्ती मगर (कप्तान), सन्जोग राई


प्रतिक्रिया दिनुहोस

Loading...