प्रतिष्ठाका लागि भिड्दै नेपाल र लेबनान

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौटमा आज नेपाल र लेबनान मैदानमा उत्रिदा यी दुई टोली एक आपसमा प्रतिष्ठाका लागि भिड्ने छन् ।

नेपालले पहिलो खेलमा आयोजक युएईसँग ५–० तथा उज्बेकिस्तानसँग २–० ले पराजित भएको थियो भने लेबनान पहिलो खेलमा उज्बेकिस्तानसँग ३–१ र युएईसँग ०–१ को झिनो अन्तरले पराजित भएको थियो ।

समूह डी मा रहेको यी दुवै टोली छनौट चरणबाट बाहिरिसकेका छन् । र आजको यी दुईबीचको भिडन्त निश्चित जित हात पार्दै प्रतियोगिताको सुखद अन्त्य गर्नका लागि हुनेछ ।

त्यसैगरी आज नै समूह डी तर्फ युएई र उज्बेकिस्तान पनि भिड्दै छन् । यी दुई बीचको खेलले नै समूह डी को विजेताको निर्णय गनेछ ।

नेपाली खेलाडीलाई युएई समाजको हौसला

त्यसैगरी नेपाली समाज युएईले अल एनमा एक कार्यक्रमको आयोजना गरि नेपाली यु–२३ टोलीलाई जनही १०–१० हजार उपलब्ध गराउँदै खेलाडीहरुलाई उत्प्रेरित तथा हौसला प्रदान गरेको छ । कार्यक्रममा समाजका पदाधिकारीहरुले नेपाली खेलाडीहरुले प्रतियोगितामा आफ्नो तर्फबाट गरेको सक्दो प्रदर्शनको प्रसंशा समेत गरेका छन् ।

साथै उनीहरुले नेपाली खेलाडीहरुलाई युएईकै स्थानीय क्लबबाट खेल्ने व्यवस्था मिलाउन पहल समेत गर्ने बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...