
(तस्विर : माल्दिभ्स फुटबल)
काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टिमका चर्चित गोलरक्षक किरन चेम्जोङको टोलीले माल्दिभ्समा शानदार जित हात पारेको छ ।
माल्दिभ्सको माले लिगमा टिसी स्पोर्ट्सबाट व्यवसायीक फुटबल खेलिरहेका चेम्जोङको टोलीले उत्कृष्ट जित हात पार्ने क्रममा विक्टोरी स्पोर्टस् क्लब विरुद्ध ४–१ को जित दर्ता गरेको छ ।
टिसी स्पोर्टस्का लागि इब्राहिम महुधी, इब्राहिम वाहिद, मोहम्मद आजम र कोर्नेलियसले १–१ गोल गरे । उता पराजित टोली विक्टोरीका लागि एमएम मोहम्मदले एक मात्र सान्त्वना गोल फर्काए ।
जितसँगै टिसी स्पोर्टस् जारी लिगको अंकतालिकामा २२ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।