राजधानीमा कोकाकोला कप शुरु, विजेताले तीन लाख पाउने

काठमाडौं (खेलदैनिक) । प्रतिष्ठित विद्यालयस्तरीय कोकाकोला कप फुटबल प्रतियोगिता मंगलबारदेखि राजधानीमा पनि शुरु भएको छ ।

उदघाटन खेलमा डेव स्कुलले ड्रिमल्याण्डलाई शून्यकाविरुद्ध २ गोलले पराजित गर्दै विजयी शुरुवात गरेको छ । डेवको जितमा अन्यान पराजुली र नयव हुसेनले १–१ गोल गरे ।

जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रियस्तरमा पुगेर आयोजना हुने प्रतियोगितामा यसवर्ष ४४ जिल्लाबाट कुल १५ सय विद्यालयहरुले सहभागीजता जनाउँदैछन् ।

राष्ट्रियस्तरमा हुने अन्तिम चरणको खेलमा छात्र तथा छात्रातर्फका दुवै विजेता टोलीले ३ लाख हात पार्नेछन् भने उपविजेताले १ लाख प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो स्थानको टोलीले ५० हजार हात पार्नेछन् ।

त्यसैगरी प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही ५–५ हजार नगद हात पार्नेछन् ।

नेपालका सम्मानीय उपराष्ट्रपति नन्दकिशोर पुनले एक कार्यक्रमका बीच प्रतियोगिताको उदघाटन गरेका थिए ।

दघाट्न कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायत अन्य विशिष्ठ व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।

(तस्विर : गोलनेपाल डटकम)

 


प्रतिक्रिया दिनुहोस

Loading...