रोहितले चर्चित स्पेनी क्लब इस्पानियोल विरुद्ध खेल्ने (प्रोमो भिडियो सहित)

(तस्विर एजेन्सी)

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित चन्द चर्चित स्पेनी ला लिगाको टोली इस्पानियोलसँग मैत्रीपूर्ण खेल खेल्दै छन् ।

इस्पानियोल प्रि–सिजन मैत्रीपूर्ण खेलहरु खेल्ने क्रममा रोहित आबद्ध इन्डोनेसियन क्लब पर्सिजा जकार्तासँग १९ जुलाइ ( भोली बुधबार) मा खेल्न लागेको हो ।

इस्पानियोल गत सिजन ला लिगामा आठौँ स्थानमा आएको थियो । इस्पानियोल १९२९, १९४०, २०००, २००६ को कोपा डेल रे विजेता हो भने, १९८७÷८८ र २००६÷०७ को यू.इ.एफ.ए. कपको (अहिले युरोप लिग) उपविजेता हो ।

स्पेनिस क्लबमा पूर्व रियाल मड्रिड र एसी मिलानका गोलरक्षक डिएगे एल्भेज लगायत रोबर कोरेआ, भिक्टर सान्चेज तथा जेरार्ड मोरोनो जस्ता चर्चित खेलाडीहरुको उपस्थिति रहनेछ ।

नेपाली राष्ट्रिय टोलीका भरपर्दा तथा आक्रमक मिडफिल्डर चन्दले पूर्व डच् र युरोपियन च्याम्पियन ए.एफ.सी.आयाक्स सँग खेलिसकेका छन् । यो चन्दको लागि अर्को उपलब्धि हुनेछ । चन्द मात्रै यस्ता खेलाडी हुन्, जो दक्षिण एसिया बाहिर व्यवसायिक फुटबल खेलेका छन् । उनले यस सिजन इन्डोनेसियन लिगा वानमा दुई गोल गरिसकेका छन् ।

हेर्नुस इस्पानियोल र पर्सिजा जकार्ताबीच हुने मैत्रीपूर्ण  खेलको प्रोमो भिडियो :


प्रतिक्रिया दिनुहोस

Loading...