बेनीमा सर्वाधिक धनराशीको तेस्रो बौद्ध कप हुने

बेनी (खेलदैनिक) । म्याग्दीको सदरमुकाम बेनीमा सर्वाधिक धनराशीको तेस्रो बौद्ध कप फुटबल प्रतियोगिता हुने भएको छ । बेनपा–७ मंगलाघाटमा अवस्थित बौद्ध यूवा क्लवको आयोजनामा आगामी असोज १ गतेदेखी ५ गतेसम्म खुल्लामञ्चमा प्रतियोगिताको आयोजना हुने भएको हो ।

(तस्विर : एजेन्सी)

उनले खेलकुद संगै यूवाहरुलाई लक्षित गरेर विभिन्न किसिमका गलत क्रियाकलापमा संलग्नहरुलाई समेत सुधारका अभियानमा समेत क्लवले अग्रसरता देखाउनुपर्नेमा जोडदिए। उनले लागुपर्दाथ दुब्र्यसनीका कारण धेरै यूवाहरु विग्रिदै गएको बताउँदै यूवा लक्षित कार्यक्रमलाई योजनाबद्ध तरिकाले सुरु गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा क्लवका उपाध्यक्ष कृष्ण श्रेष्ठले अनुमानित आयब्यय विवरण प्रस्तुत गरेका थिए । जसमा खर्च २५ लाख ६५ हजार र आम्दानी ३० लाख २२ हजार रहेको छ ।

त्यस्तै प्रतियोगितामा प्रथम पुरस्कार १ लाख २५ हजार, द्धितिय पुरस्कार ७० हजार, सेमिफाइनलबाट बाहिरिने टिमलाई १५ हजार, अनुशासित टिमलाई १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, स्ट्राइकर, मिडफिल्डर र डिफेन्डरलाई ६ हजार, मेडल, ट्रफि र प्रमाणपत्रको ब्यवस्था गरिएको क्लवले जनाएको छ ।

क्लवका अध्यक्ष विजय किसानको अध्यक्षता, समाजसेवी सुबासकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र संस्थापक सदस्य सचिन शाक्यको सञ्चालनका कार्यक्रम सम्पन्न भएको थियो । २०६४ सालमा जिरन रानाको अध्यक्षतामा स्थापना भएको क्लवले मंगलाघाट सहित आसपासका क्षेत्रमा स्थानीयबासी संग सहकार्य गरेर सामाजिक कार्य गदैं आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...