एएफसी यु–२३ च्याम्पियनसिप छनौटमा नेपालको सम्भावना समाप्त

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट फुटबल प्रतियोगितामा नेपालको चुनौति समाप्त भएको छ ।

सोमबार सम्पन्न समूह डी तर्फको दोस्रो खेलमा उज्बेकिस्तानसँग २–० गोल अन्तरले पराजित हुँदै नेपालको चुनौति समाप्त भएको हो । यो नेपालको लगातार दोस्रो हार हो ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा आयोजक युएईसँग ५–० को भारी अन्तरले पराजित भएको थियो ।

सोमबार उज्बेकिस्तानविरुद्ध केही सुधारिएको प्रदर्शन गरेको नेपालले हार भने टार्न सकेन । पहिलो हाफको २१ औं मिनेटमै उज्बेकिस्तानले पहिलो गोलको खाता खोल्न सफल भएको थियो । उसका लागि तुर्सुनोव डस्टनबेकले हेडद्वारा गोल गर्दै शुरुवाती अग्रता दिलाउन सफल भएका थिए ।

नेपालका लागि अन्जन बिष्टले विपक्षीविरुद्ध केही रामं्रो पोष्ट आक्रमण गरे पनि त्यो प्रयास सफल हुन सकेन । पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफको दोस्रो गोल खान पुगेको थियो । उज्बेकिस्तानका लागि दोस्रो गोल वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका गेनिव अजिजजोनले गरे ।

हारसँगै प्रतियोगिताबाट बाहिरिएको नेपालले अब आफ्नो अन्तिम खेल बुधबार लेबनानसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...