कोकाकोला कपमा छात्र तथा छात्रातर्फका खेलहरु जारी

(तस्विर : गोलनेपाल डटकम)

पोखरा (खेलदैनिक) । पोखरामा जारी कोकाकोला कप अन्तर विद्यालय फुटबल प्रतियोगीतामा सोमबार ६ खेलहरु सम्पन्न भएका छन् । प्रतियोगीतामा आज छात्र ४ तथा छात्राका २ खेलहरु सम्पन्न भएका छन् ।

छात्रतर्फ थ्री एन्जल्सले न्यु मिलियमलाई ट्राईबेकरमा ३—२, अमरसिंह माविले जुनियर सिटिजन एकेडेमीलाई ६—१, राष्ट्रिय माविले युनिभर्सल बोर्डिङ् स्कुललाई २—१ र सेन्ट फ्रन्सिस्ले सोसल पब्लिकलाई २—० गोल अन्तरले पारजित गरेको छ ।

यस्तै सोमबार नै भएको छात्रातर्फ तारकुञ्ज बोर्डिङ् स्कुलले बहादुरे सेकेण्डरी स्कुललाई ट्राईबेकरमा ४—३ र नोवेल एकेडेमीले चिल्ड्रेन एकेडेमीलाई २—० गोल अन्तरले पारजित गरेको छ ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा असार २७ गतेदेखी जारी प्रतियोगीतामा कास्कीका ६३ विद्यालयहरुले सहभागिता जनाएका छन् ।

विजेताले यसपल्ट पोखरामा हुने क्षेत्रिय छनौट प्रतियोगीता, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगीता खेल्ने अवसर प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...