
विदाई कार्यक्रमपछि सामूहिक तस्विर खिचाउँदै नेपाल यु–२३ टिमका खेलाडी तथा पदाधिकारीहरु ।
काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत आज उज्बेकिस्तानविरुद्ध भिड्ने नेपाली टोलीको घोषणा भएको छ ।
नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्यका अनुसार आजको खेलमा खेलाडीहरु रातो जर्सीमा उत्रिने छन् । त्यस्तै उज्बेकिस्तानविरुद्ध उत्रिने नेपाली टोलीमा केही परिवर्तन समेत गरिएको प्रशिक्षक शाक्यले जनाएका छन् ।
च्याम्पियनसिपको छनौट चरण अन्तरगत समूह डी मा रहेको नेपालले आज नेपाली समय अनुसार बेलुका ८ बजे १० मिनटमा उज्बेकिस्तानसँग भिड्दैछ ।
नेपाली टोली यसप्रकार रहेको छ
गोलकिपर : एलन न्यौपाने
रक्षक : दिनेश राजवंशी, अनन्त तामाङ, गौरब बुढाथोकी, कमल श्रेष्ठ
मिडफिल्ड : सुमन लामा, पूजन उपरकोटी, हेमन गुरुङ, बिश्वास श्रेष्ठ
फरवार्ड : विमल घर्ती मगर, अन्जन बिष्ट