रोहितको निर्णायक गोलमा जकार्ताको जित

काठमाडौं (खेलदैनिक) । इण्डोनेशियन सुपर लिगमा नेपाली राष्ट्रिय फुटबल रोहित चन्दको टिम पर्सिजा जकार्ताले जित हात पारेको छ ।

पर्सिजाको जितमा रोहितले एकमात्र निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । चन्दले पहिलो हाफको १८ औं मिनटमा गरेको उत्कृष्ट गोल खेलको निर्णायक गोल बन्न पुगेको थियो ।

कुल १५ खेलबाट २४ अंक जोडेको रोहितको टोली जकार्ता लिगतालिकाको छैठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...